Headlines News :
Home » » चीनमा डुंगा डुब्दा २१ यात्रुको ज्यान गयो

चीनमा डुंगा डुब्दा २१ यात्रुको ज्यान गयो

Written By kali on Sunday, January 18, 2015 | 7:18 PM


बेइजिङ : चीनको सबैभन्दा लामो याङ्जे नदीमा परीक्षण सञ्चालमा रहेका अन्य डुङ्गालाई तान्ने डुङ्गा ‘टगबोट’ डुब्दा २१ व्यक्तिको मृत्यु भएको छ ।
२५ व्यक्तिसहित जियाङसु प्रान्तमा परीक्षण सञ्चालनमा रहेको उक्त डुङ्गा बिहीबार अपरान्ह डुबेको ४० घण्टापछि शनिबार बाहिर निकालिएको थियो । डुङ्गामा रहेका ८ व्यक्ति विदेशी नागरिक हुन् ।
उक्त डुङ्गाका तीन व्यक्तिलाई उद्धार गरिएको सिन्ह्वाले उल्लेख गरेको छ । एक अर्का व्यक्ति अझै हराइरहेका छन् । उक्त डुङ्गामा रहेका सबै पुरुष भएको बताइएको छ । उद्धारकर्मीहरूले हालै बनेको उक्त डुङ्गाको चालकस्थल अझै खोजिरहेको छ । उनीहरूले हराएका व्यक्तिको पनि खोजी गरिरहेका छन् ।
सिङ्गापुरका विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार उक्त जहाज आफ्नो नगर राज्यमा दर्ता भएको र उसका चार नागरिक डुङ्गामा रहेको जानकारी दिए । साङ्घाइमा रहेका जापानी तथा भारतीय वाणिज्यदूतावासले आफ्ना एक नागरिक पनि उक्त डुङ्गामा रहेको जानकारी दिएका छन् ।
स्थानीय अधिकारीहरूले उक्त डुङ्गामा मलेसिया तथा इन्डोनेसियाका एक/एक नागरिक भएको जानकारी दिए भनी उद्धरण गरेको छ । उक्त डुङ्गाबाट बाँच्न सफल वाङ झेनकाइले अस्पतालबाट सरकारी टेलिभिजनलाई उक्त डुङ्गामा २० सेकेन्डमै पानी भरिएको जानकारी दिए ।
उक्त डुङ्गा चीनमा बनेको समाचारमा उल्लेख गरिएको छ । दुर्घटना जिङजियाङ तथा झाङजियागाङ नगरको बीचमा भएको बताइएको छ । प्रान्तीय सरकारले उक्त डुङ्गा राम्रोसँग तयार नभइकन तथा त्यसको अवस्थाका विषयमा जानकारी नदिइकन परीक्षण गरिएको आरोप लगाएको छ । एजेन्सी
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खबर चौतारी.com - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger