|
|
गेष्ट हाउसको कोठामा ढोका नखोलेपछि प्रहरी र स्थानीय बासिन्दाको रोहबरमा ढोका खोलिएको थियो। पंखा राख्ने हुकमा डोरीको पासो बनाएर आत्महत्या गरेको अवस्थामा गजुरेल फेला परेका थिए। सम्पन्न परिवारका गजुरेलका छोरा अमेरिकामै बस्दै आएका थिए। प्रहरीले सुसाइड नोट समेत फेला पारेको छ। सुसाइड नोटमा पत्नीलाई सम्बोधन गरेर ' म संसार त्याग्दै छु, छोराछोरी अमेरिकामै छन्, मलाई नरमाइलो लाग्छ, उनीहरूलाई सम्झना छ' भनेर लेखेको जानकारी महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी रमेश तामाङले बताए।
उनका अनुसार गजुरेलले सुसाइट नोटमा कसै प्रति लक्षित गरेका छैनन्।' भित्रबाट चुक्कुल लगाएर आत्महत्या गरेका छन्, सुसाइट नोट फेलापरेको छ, त्यस्तो शंकास्पद केही देखिंदैन,' महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी रमेश तामाङले भने। गजुरेलका छोरा काजकिरियाका लागि अमेरिकाबाट फर्कने भएकाले शव मंगलबार मात्रै दाहसंस्कार गरिने भएको उनले बताए।
Post a Comment