Headlines News :
Home » » सुनको भाउ फेरि ओरालो लाग्यो! सुन किन्ने उत्तम समय!! कति पुग्यो सुनको मूल्य ...!

सुनको भाउ फेरि ओरालो लाग्यो! सुन किन्ने उत्तम समय!! कति पुग्यो सुनको मूल्य ...!

Written By kali on Sunday, March 1, 2015 | 10:19 AM


साताको पहिलो दिनको तुलनामा सातान्तमा सुन चाँदीको भाउ ओरालो लागेको छ । गत सातान्तको तुलनामा यो साताको अन्तिम दिन प्रतितोला सुनको भाउ चार सय तथा चाँदीको भाउ ५ रुपैंयाले घटेको हो । अघिल्लो साता ५२ हजारको हाराहारीमा पुगेर कारोबार भएको सुनको भाउ यो साता चार सयले मात्र ओरालो लागेको छ ।



गत साताको शुक्रबार प्रतितोला छापावाल सुन ५२ हजार तथा तेवाजी सुन ५१ हजार ७ सय ५० रुपैँयामा किनबेच भएको सुनको भाउ यो साताको पहिलो दिन आइतबार पनि उही मुल्यमा कारोबार भएको थियो । सोमबार प्रतितोला २ सय रुपैँयाले घटेर प्रतितोला छापावाल सुन ५१ हजार ८ सय तथा तेजावी सुन ५१ हजार ५ सय ५० रुपैँयामा किनबेच भएको सुनको भाउ मंगलबार पुनः १ सय रुपैँयाले घटेर प्रतितोला छापावाल सुन ५१ हजार ७ सय तथा तेजावी सुन ५१ हजार ४ सय ५० रुपैँयामा किनबेच भएको थियो ।


यसरी दुईदिन लगातार घटेको सुनको भाउ बुधबार र बिहिबार स्थिर रहँदै मंगलबार कै मुल्यमा किनबेच भएको थियो । त्यसपछि शुक्रबार १ सय ले घटेको सुनको भाउ प्रतितोला छापावाल सुन ५१ हजार ६ सय तथा तेजावी सुन ५१ हजार ३ सय ५० रुपैँयामा किनबेच भएको थियो । यो बिक्रिदर आइतबारको तुलनामा ४ सय रुपैँयाले कम हो ।

यसैगरि साताको पहिलो दिनको तुलनामा प्रतितोला चाँदीको भाउ ५ रुपैँयाले घटेको छ । गत साता प्रतितोला ७ सय रुपैँयामा कारोबार भएको चाँदीको भाउ यो साताको पहिलो दिन आइतबार पनि सोही मुल्यमा किनबेच भएको थियो । सोमबार ५ रुपैँयाले घटेर ६ सय ९५ रुपैँयामा कारोबार भएको चाँदीको भाउ मंगलबार स्थिर रहेको थियो ।

बुधबार ५ रुपैँयाले बढेर ७ सय रुपैँयामा किनबेच भएको चाँदीको भाउ बिहिबार पनि सोही मुल्यमा किनबेच भएको थियो । यसरी पाँच रुपैँयाले मात्र घटबढ भइरहेको चाँदीको भाउ साताको अन्तिम दिन शुक्रबार पुनः ५ रुपैँयाले घटेर ६ सय ९५ रुपैँयामा किनबेच भएको थियो । अघिल्लो साताको तुलनामा यो विक्रिदर ५ रुपैँयाले घटेको हो ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खबर चौतारी.com - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger