Headlines News :
Home » » आज मिति 2015-05-20 तारिख, २०७२ साल जेठ ०६ गते बुधवार ,जेस्ठ शुल्क पक्ष द्वितीया तिथि

आज मिति 2015-05-20 तारिख, २०७२ साल जेठ ०६ गते बुधवार ,जेस्ठ शुल्क पक्ष द्वितीया तिथि

Written By kali on Wednesday, May 20, 2015 | 3:10 PM



मेष (चू चे चो ला ली लु ले लो अ)

मनमा त्रास र भयको बीच गरेको कार्य सफल हुने छ आपसी तालमेल र मिलनका कारण तपाइको सोचेको काम पुरा हुने छ । आर्थिक कार्यमा बाधा आएपनि दीर्घकालिन सोचका काम पुरा होलान । तपाइको शुभ कामको सबैबाट सराहना हुने छ ।

वृष (इ उ ए ‌ओ वा वी वु वे वो)

मेहनतको फल पाइने छ । बिगतको कामको शुभ मुल्यांकन हुनाले काम गर्ने जागर बढ्ने छ । साहित्य कलामा रुची बढ्ने छ ।परिवारमा साना कुरामा तालमेल नमिल्दा सोचेको काम अधुरो रहला ।आफूमाथि अन्याय भएको अनुभूति हुने छ । आर्थिक कार्य सफल हुने छ ।

मिथुन (का कि कु घ ङ छ के को हा)

छोटो समयमा धेरै काम गर्नु पर्ने छ ।आजको दिन व्यस्ततम रहला । आपसी मित्रता र भाइचारा सम्बन्ध प्रगाढ हुने छ ।शैक्षिक कार्य सोचे जस्तै हुने छ विवाद बाट टाढा रहन सके सबैको प्रिय भइने छ । आपसी सम्बन्ध अरु प्रगाढ रहला ।

कर्कट (ही हु हे हो डा डि डु डे डो)

विवादमा परिने भय रहेको छ । आर्थिक काममा लागेपनि प्रतिफल कमजोर आउला । ब्यापार घाटामा जाने छ । लामो समय बाट हुन नसकेको काम पुरा हुने छ । केहि शुभ समयको संकेत मिल्ने छ । अरुलाई गरेको कामको प्रतिफल शुभ आउला ।

सिंह (मा मि मू मे मो टा टी टु टे)

काम बिग्रेपछि मात्र चेत खुल्ने छ । सोचे जस्तो नहुनु तथा समयले साथ् नदिएबाट मानसिक चिन्ता बढ्ने छ । ब्यापर घाटामा जाला । केहि राम्रा अवसर गुम्लान । आत्म(रतिमा रम्ने प्रवृतिको कारण प्रतिष्ठामा आंच पुग्न सक्छ । प्रदेशको बाश होला ।

कन्या (टो प पी पु ष ण ठ पे मो)

समयको पावान्धिलाइ ध्यान राखे नसोचेको काम सजिलै पुरा हुने छ । अरुको बाटो हेर्नुको सट्टा आफै जागरुक हुने बेला आएको छ । सामाजिक सदभाव बढाउन महत्वपुर्ण श्रेय तपाई लाइ जाने छ । बिचारको कदर होला साथै लेख रचनामा रुची हुनेछ ।


तुला (र री रु रे रो ता ती तू ते)
तपाइको मेहनत खेर जानेछैन । दिर्घकालिन सोचका कामको शुभारम्भ हुने छ । आत्मा शुद्धिको लागि केहि यज्ञ सम्पन्न होलान । शिक्षामा रुची हुनुका साथै सामाजिक क्षेत्रबाट सम्मानित हुने योग रहेको छ । आर्थिक रुपमा पनि महत्वपुर्ण उपलब्धि हासिल गरिएला ।


वृश्चिक (तो ना नी न‍ू ने नो या यि यु)
आफ्ना कमि कमजोरी सुधार्न गरिएका प्रयास सफल हुनेछन । मित्रता अरु प्रगाढ हुने देखिएको छ । लामो समयबाट हुन नसकेका काम पुरा हुने छन । न्यायिक कार्य तपाइको अनुकूल हुने छ ।सार्थक कामको लागि लगानी हुने योग रहेको छ ।


धनु (य यो भा भी भू ध फा ढ भे)
आस्था र बिस्वास माथि धोका हुने छ ,सम्यमले काम गर्नुहोला । घरमा अतिथिको आगमन हुने छ । आय भन्दा व्यय अधिक हुने समय छ । आफ्नै कमजोरीले पारिवारिक रुपमा घाटा होला ।बोलीको कारण विवादमा परिने भएकोले बोलीमा सजग रहनु पर्ला ।


मकर (जो जा जी खी खू खे खो गा गी)
आर्थिक कार्यमा घाटा बेहोरिएला । मानसिक चिन्ताले सताउला । मनमा भय र त्रासको स्थितिले काम गर्ने जागर मरेर आउला । समय अनुसार चल्न नसक्दा सोचेको काम अधुरै रहला । दिनको मध्यतिर शुभ समाचार सुन्न पाइने छ,जसबाट थोरै भएपनि राहत महसुस गरिने छ ।


कुम्भ (गू गे गो सा सी सु से सो द)
लामो दुरीको यात्रा सम्भव रहेको छ । आपसी कलह र चिन्ताको अन्त्य भइ भाइचार सम्बन्ध प्रगाढ हुने छ । विवादित बिषयको अन्त्य हुने छ । गुप्त शत्रु नासिने छन । ख्याल ख्यालमै गरेको कामबाट नाफा कमाइने छ ।रमाइला काममा खर्च होला ।


मीन (दि दू थ भ ञ दे दो चा ची)
आय स्रोत बढ्लान । ब्यापर नाफामा जाला । आध्यात्मिक कार्यमा रुची हुने छ । बिषम परिस्थितिलाई आफु अनुकुल बनाउन सफल भइने छ । सामाजिक कार्यमा प्रतिष्ठा बढ्नेछ । लेख रचना आदिमा रुची हुने छ । कालाक्षेत्र बिशेष फलदायी रहला ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खबर चौतारी.com - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger