Headlines News :
Home » » आजको पञ्चाङ्ग र राशीफल २०७१ साल चैत्र ४ गते बुधबार

आजको पञ्चाङ्ग र राशीफल २०७१ साल चैत्र ४ गते बुधबार

Written By kali on Wednesday, March 18, 2015 | 12:54 AM




आजको पञ्चाङ्ग मिति २०७१ साल चैत्र ४ गते बुधबार, तदनुसार मार्च १८ सन् २०१५, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । वसन्त ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार चैत्रकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज चैत्रकृष्णपक्षको त्रयोदशी तिथि ३६ घटि ७ पला अर्थात रातिमा ८ बजेर ४० मिनेटसम्म त्यसउप्रान्त चतुर्दशी तिथि लाग्नेछ । आज सूर्य मीन राशिमा, चन्द्रमा कुम्भ राशिमा अहोरात्र रहनेछ । आज दिनमान ३० घटि ० पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर १३ मिनेटमा तुरुदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा हुनेछ ।

 आजको राशिफल मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मनमा उत्साह बढ्नेछ, टाढाबाट धन प्राप्ति हुन सक्नेछ, नयाँ रोजगारमा खुशीयाली मिल्नेछ, समय राम्रो छ ।


बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – धार्मिक कार्यतिर समय खर्च हुने, पति–पत्नीबीच वैमन्यश्यता बढ्ने, आम्दानीका श्रोत घट्न सक्ने ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – टाढाकोे यात्रामा शारीरिक पीडा हुन सक्ने, सोचेजस्तो काम गर्न असफल, आफन्तबाट धोका हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – यात्रामा अवरोध हुन सक्नेछ, पेट रोगले सताउनेछ, स्त्रीवर्गसँग किचलो हुने, गरेको कार्य अर्थहिन हुने ।

 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – सरकारी काम असफल हुनेछ, पारिवारिक विवाद थपिने, दीर्घ रोगको सुरुवात हुनेछ सतर्क रहनुहोला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – इष्टमित्रबाट सहयोग गर्नेछन, आफन्तसंग रमाइलो भेटघाट, प्रेम–प्रसँग सुमधुर रहने, यात्रा फलदायी रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – मनोरञ्जन तिर मनजाने, रमाइलो भ्रमणको अवसर, पारिवारमा खुसीयालीले गर्दा दिन सुखमय हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – शत्रुहरु सक्रिय हुनेछ, धनमल हराउन सक्नेछ, नकारात्मक सोचाइले गर्दा आर्थिक नोक्सानी हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – सन्तानको सहयोगले अधुरा कार्य पूरा, उत्साह उमंग थपिनाले दिन अत्यन्तै राम्रो रहनेछ उपयोग गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – राजनैतिक दुःख झेल्नुपर्ने, आत्मीयजनबाट धोका र कलहले दिनभर मनमा तनाव हुनेछ होसियार हुनुहोला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – खेलकुदबाट मनोरञ्जन प्राप्त हुनेछ, सकारात्मक सोचाईले गर्दा आर्थिक लाभ, स्वास्थ्य राम्रो रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – आँखामा खराबी आउन सक्नेछ, पढाई असफल हुन सक्ने, दिनभर नैरास्यता बढ्न,े समय खराब छ जोगिनुहोला ।
आजको शुभ, लाभ र अमृत बेला:  २०७१ साल चैत्र ४ गते बुधबार बिहान ६ः१३ बजेदेखि ७ः४३ बजेसम्म लाभ बेला, बिहानमा ७ः४३ बजेदेखि ९ः१३ सम्म अमृत काल, बिहानमा ९ः१३ बजेदेखि १०ः४३ बजेसम्म काल बेला, बिहानमा १०ः४३ बजेदेखि १२ः१३ बजेसम्म शुभ बेला, बिहान १२ः१३ बजेदेखि दिनमा १ः४३ बजेसम्म रोग बेला, दिनमा १ः४३ बजेदेखि ३ः१३ बजेसम्म उद्वेग दिनमा ३ः१३ बजेदेखि ४ः४३ बजेसम्म चर साँझ ४ः४३ बजेदेखि ६ः१३ बजेसम्म लाभ बेला रहनेछ ।  यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला  पार्नुहोला । आजको साइत: आज पश्चिम र दक्षिण  बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ । राहुकालको समय : बिहमनमा दिनमा १२ः०० बजेदेखि १ः३० बजेसम्म राहुकाल  रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खबर चौतारी.com - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger