|
|
साताको शुरुको दिन छापावाल सुन तोलाको ५० हजार ५ सयमा कारोबार भएको थियो । सोमबार उकालो लागेर ५० हजार ८ सय पुग्यो भने मंगलबार पुनः ५० हजार ५ सयमा झर्यो
बुधबार स्थीर रहेको भाउ विहीबार ४ सयले झरेर ५० हजार १ सय कायम भयो । अन्तिम दिन शुक्रबार सामान्य उकालो लागेर ५० हजार ३ सयमा कारोबार भयो ।
साताको शुरुको दिनको तुलनामा अन्तिम दिन २ सयले घटेको हो । चाँदी पनि आइतबार तोलाको ६ सय ८० मा कारोबार भएकोमा शुक्रबार १० रुपैयाँले न्यून रहेर ६ सय ७० मा कारोबार भएको थियो ।
अमेरिकी डलर बलियो भएर लगानीकर्ताहरु सुन चाँदीमा भन्दा अन्यतिर आकर्षित हुँदा सुन चाँदीको भाउमा गिरावट देखा परेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो महिना अन्तर्राष्ट्रिय रुपमै सुनको माग कम हुने महिना रहेको हुनाले आगामी हप्ता पनि सुनको भाउ बृद्धि हुने छाँट नदेखिएको पनि महासंघले जनाएको छ ।
Post a Comment