Headlines News :
Home » » आजको पञ्चाङ्ग र राशीफल २०७१ साल माघ २३ गते शुक्रबार

आजको पञ्चाङ्ग र राशीफल २०७१ साल माघ २३ गते शुक्रबार

Written By kali on Thursday, February 5, 2015 | 3:56 PM


आजको पञ्चाङ्ग
मिति २०७१ साल माघ २३ गते शुक्रबार, तदनुसार फरवरी ६ सन् २०१५, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा प्रवेश गरिसकेका छन् । शिशिर ऋतु चलिरहेको छ ।
चान्द्रमान अनुसार फाल्गुनकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज फाल्गुनकृष्णपक्षको तृतीया तिथि अहोरात्र रहनेछ । आज सूर्य मकर राशिमा, चन्द्रमा सिंह राशिमा अहोरात्र रहनेछ ।
आज दिनमान २७ घटि २२ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ५० मिनेटमा विभिषण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ५ बजेर ४७ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आफन्तको टकरावले दिनभर तनाव, पेशाप्रति असन्तुष्टि, आम्दानीमा गिरावट, अनावश्यक झमेला थपिनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
साथी संगीहरुसँग कलह, पेट वा कम्मरको रोग लाग्ने, मनपरेको खानामा अवरोध आउनेछ, दिन खराब छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आरोग्यता, प्रशन्नता, आर्थिक पक्ष सवल रहने, मिष्ठान्न भोजन प्राप्ति, नवीन कार्यको थालनी गर्दा राम्रो हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
एक्कासी आँखामा खराबी आउन सक्ने, धनमाल चोरी हुन सक्नेछ, आफूले गरेको कार्यमा बिरोधी बढ्नेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
एक्कासी नयाँ वस्तु फेला पर्ने, उत्कृष्ठ सरकारी सम्मान पाउन सकिने, शैक्षिक क्षेत्रबाट उत्कृष्ट नतिजा हाँसील ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
परिवारसँग विवाद पर्नेछ, व्यापारीक क्षेत्रमा मन्दी आउनाले नोक्सान बढ्न जानेछ, समय खराब छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
स्वास्थ्य राम्रो रहनेछ, आदर सत्कार पाइने कार्यमा सरिक हुन पाइने, पारिवारिक सहयोग पाइने, प्रेम प्रसँग समधुर ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
गरेका कार्य अधुरा हुनेछन, यात्रा तथा कार्यमा बाधा, आफ्नो बारेमा आफन्तलेनै कुरा काट्ने छन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
यशकीर्ति बढ्ने शत्रुमाथि विजयी हुने, अधुरा कार्य आज पूरा, पुराना मित्रसंग भेटघाटको अवसर मिल्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
गरेको सबै कार्यमा बाधा हुने, मानसिक अशान्ति, यात्रामा कठिनाई हुने, चिन्तापर्ने समाचार प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
टाढाबाट धन प्राप्ति हुन सक्नेछ, नयाँठाउँको भ्रमण गर्दा मनमा आनन्द, राजनीतिक सक्रियता बढ्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
पारिवारिक सहयोग, उत्साह उमंग पलाउने, व्यापारबाट लाभ, वैयक्तिक प्रभाव बढ्नेछ, समय शुभ रहनेछ ।
आजको शुभ, लाभ र अमृत बेला:
२०७१ साल माघ २३ गते शुक्रबार बिहान ६ः५० बजेदेखि ८ः२० बजेसम्म चर बेला, बिहानमा ८ः२० बजेदेखि ९ः५० सम्म लाभ बेला, बिहानमा ९ः५० बजेदेखि ११ः२० बजेसम्म अमृत बेला, बिहानमा ११ः२० बजेदेखि १२ः५० बजेसम्म काल बेला, बिहान १२ः५० बजेदेखि दिनमा २ः२० बजेसम्म शुभ बेला, दिनमा २ः२० बजेदेखि ३ः५० बजेसम्म रोग दिनमा ३ः५० बजेदेखि ५ः२० बजेसम्म उद्वेग साँझ ५ः२० बजेदेखि ६ः५० बजेसम्म चर बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला  पार्नुहोला ।
आजको साइत:
आज पूर्व र उत्तर बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
बिहमनमा १०ः३० बजेदेखि १२ः०० बजेसम्म राहुकाल  रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खबर चौतारी.com - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger