Headlines News :
Home » » नायिका प्रियंका कार्की अब गायिका बन्ने

नायिका प्रियंका कार्की अब गायिका बन्ने

Written By kali on Monday, January 12, 2015 | 8:43 AM


- पछिल्लो समयमा नेपाली सिने क्षेत्रमा लोकप्रियता कमाइरहेकी नायिका प्रियंका कार्की अब गायिका पनि बन्ने भएकी छिन् । प्रियंकाले आफ्नो स्वरमा एकल एल्बम ल्याउन लागेको समाचार नयाँ पत्रिकाले छापेको छ । नाच्न मात्रै होइन, सानैदेखि गाउन समेत रुचि राख्ने प्रियंका आफूलाई गायिकाको रुपमा पनि स्थापित गराउन चाहन्छिन् । जसकारण अचेल उनी एल्बमको तयारीमा लागेकी छन् । नाम न्वारान नभइसकेको उनको एल्बममा पप, आधुनिक शैलीका आठ गीत हुने जनाइएको छ । सैलेश श्रेष्ठ र शैलेन्द्र सिंहको शब्द र संगीत रहने गीतमा प्रियंका एक सातापछि रेकर्डिमा जानेछिन् । ‘गायनमा सानैदेखि रुचि थियो । बीचमा समय अभावका कारण निरन्तरता दिन सकिएन ‘ प्रियंका भन्छिन्त ‘तर मैले केही समय गायन र संगित सिकें । अब भने सोलो एल्बम निकाल्दै छु ।’ सुवास कोइराला निर्देशित आवरण फिल्ममा प्रियंकाले छोपिएको सत्य बोलको शीर्ष गीत गाएकी थिइन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खबर चौतारी.com - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger