Headlines News :
Home » » आजको पञ्चाङ्ग र राशीफल २०७१ साल माघ ६ गते मंगलबार

आजको पञ्चाङ्ग र राशीफल २०७१ साल माघ ६ गते मंगलबार

Written By kali on Monday, January 19, 2015 | 12:02 PM


आजको पञ्चाङ्ग
मिति २०७१ साल माघ ६ गते मंगलबार, तदनुसार जनवरी २० सन् २०१५, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा प्रवेश गरिसकेका छन् । शिशिर ऋतु चल्दै छ ।
चान्द्रमान अनुसार माघकृष्णपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघकृष्णपक्षको अमावश्या(औंशी) तिथि ३१ घटि ४१ पला अर्थात रातिमा ७ बजेर ३७ मिनेटसम्म त्यसउप्रान्त प्रतिपदा तिथि लाग्नेछ ।
आज सूर्य मकर राशिमा, चन्द्रमा धनु राशिमा ६ घटि २७ पला अर्थात बिहानमा ९ बजेर ३२ मिनेटसम्म त्यसउप्रान्त मकर राशिमा प्रवेश गर्नेछ । आज दिनमान २६ घटि २९ पलाको रहनेछ ।
आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ५७ मिनेटमा जयदेव मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ३३ मिनेटमा हुनेछ ।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
काममा अवरोध आउनेछ, आफ्नो इज्जतमा आँच आउन सक्छ, काम गर्दा चनाखो हुनुहोला ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सोचाइ विपरित काम हुनेछ, पारिवारिक चिन्ता बढ्नेछ, घरमा बस्न मन लाग्नेछैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
परिवारमा अशान्ति हुनेछ, आफन्तजनबाट धोका, वायुरोगले सताउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यापार व्यवसायमा गिरावट, गरेको प्रयास असफल, स्वास्थ्यमा एक्कासि खराबी आउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
 टाढाबाट धन आउनेछ, मानसिक शान्ति तथा आराम मिल्नेछ, शत्रु परास्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
नयाँ काम गर्ने जोश जाँगर बढ्नेछ, आम्दानीमा बृद्धि हुनेछ, व्यापारबाट लाभ पाईनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पुरानो धन प्राप्त हुने, स्वास्थ्यमा क्रमिक सुधार हुनेछ, दिन सामान्य रहनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आम्दानीमा एक्कासि बृद्धि, सहयोगी हातहरू बढ्नेछन्, धर्मकर्ममा मन जानेछ, समय शुभ छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक कार्य गरेरपनि जस पाइने छैन, यात्रामा झन्झट खेप्नु पर्ला सतर्क रहनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
जमिन लाभ, नयाँ कार्यमा लगानी, महत्वपूर्ण उपलव्धि हाँसिल,दिन सबै प्रकारले शुभ रहने ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
जोखिममा काम गर्नु पर्नेछ, शत्रु भेद रहनेछ, अर्काको काममा समय बित्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गुमेको धन फेला पर्न सक्नेछ, राजनैतिक सक्रियता बढ्नेछ, समग्रमा दिन शुभ छ ।

आजको शुभ, लाभ र अमृत बेला:
२०७१ साल माघ ६ गते मंगलबार बिहान ६ः५७ बजेदेखि ८ः२७ बजेसम्म रोग बेला, बिहानमा ८ः२७ बजेदेखि ९ः५७ सम्म उद्वेग बेला, बिहानमा ९ः५७ बजेदेखि ११ः२७ बजेसम्म चर बेला, बिहानमा ११ः२७ बजेदेखि १२ः५७ बजेसम्म लाभ बेला, बिहान १२ः५७ बजेदेखि दिनमा २ः२७ बजेसम्म अमृत बेला, दिनमा २ः२७ बजेदेखि ३ः५७ बजेसम्म काल दिनमा ३ः५७ बजेदेखि ५ः२७ बजेसम्म शुभ साँझ ५ः२७ बजेदेखि ६ः५७ बजेसम्म रोग बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
आजको साइत:
आज दक्षिण र पूर्व बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
दिनमा ३ः०० बजेदेखि ४ः३० बजेसम्म राहुकाल रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खबर चौतारी.com - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger