Headlines News :
Home » » आजको पञ्चाङ्ग र राशीफल २०७१ साल माघ १५ गते बिहीबार

आजको पञ्चाङ्ग र राशीफल २०७१ साल माघ १५ गते बिहीबार

Written By kali on Thursday, January 29, 2015 | 1:13 AM


आजको पञ्चाङ्ग
मिति २०७१ साल माघ १५ गते बिहीबार, तदनुसार जनवरी २९ सन् २०१५, श्रीशाके १९३६, नेपाल संवत् ११३५, प्लवङ्गनामकः संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलार्द्धमा प्रवेश गरिसकेका छन् ।
शिशिर ऋतु चल्दै छ । चान्द्रमान अनुसार माघशुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज माघशुक्लपक्षको दशमी तिथि ४४ घटि १९ पला अर्थात रातिमा १२ बजेर ३८ मिनेटसम्म त्यसउप्रान्त एकादशी तिथि लाग्नेछ ।
आज सूर्य मकर राशिमा, चन्द्रमा वृष राशिमा अहोरात्र रहनेछ । आज दिनमान २६ घटि ५४ पलाको रहनेछ ।
आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ६ बजेर ५४ मिनेटमा तुरुदेव मुहूर्तमा भैसकेको छ भने सूर्यास्त साँझ ५ बजेर ४० मिनेटमा हुनेछ ।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
छिमेकीसंग कलह चर्किने, व्यापारबाट नोक्सानी, सामाजिक सम्मान पाउनबाट बञ्चित, दिन खराब छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
विदेशबाट आफनो मान्छे घरमा फर्कदा नयाँ चहलपहल, राजनैतिक क्षेत्रमा मन जानेछ, सामाजिक सहयोग प्राप्त ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
गर्न खोजेको कार्य असफल, मनमा तनाव बढ्नेछ, भ्रमण कठिनपूर्ण रहने, वाथ रोगले सताउने छ सतर्क हुनुहोला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
सोचेजति काम गर्न असफल, इष्टमित्रको विरोध झेल्नुपर्नेछ, जागिरबाट धोका हुन सक्ने चनाखो हुनुहोला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
बिहानी पख स्वास्थ्यमा क्रमिक सुधार, टाढाको धन प्राप्त हुनेछ भने साँझतिर त्यति राम्रो रहने छैन ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
शारीरिक पीडा थपिने, मानहानी हुन सक्नेछ, आम्दानीका श्रोतहरु घट्ने, विशेष मान्छेबाट धोका हुन सक्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
 पत्रकारिता पेशाबाट धोका, धनमाल हराउन वा गुम्न सक्छ, आर्थिक समस्या पर्दा परिवारमा किचलो बढ्नेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
राजनीतिबाट खुशीका खबर प्राप्त, रमाईलो ठाँउमा भ्रमण हुने, आर्थिक क्षेत्रको सोचाईले आम्दानीमा वृद्धि ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आम्दानीमा एक्कासि बृद्धि, सहयोगी हातहरू बढ्नेछन्, धर्मकर्ममा मन जानेछ, समय शुभ छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यापारिक कार्य असफल, झगडाको मामिलामा फसिने, स्वास्थ्यमा खरावी, टाढाको भ्रमण नगर्नु वेश हुन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
साहित्यिक क्षेत्रमा सक्रियता बढ्ने,प्रेमिकासंग भेटघाट, बौद्धिक क्षेत्रबाट लाभ मिल्नेछ, आम्दानी राम्रो रहेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
विदेशबाट धन आउन सक्ने, नयाँ जोजगारको अवसर मिल्न सक्ने, पढाइबाट उत्कृष्ट नतिजा प्राप्त हुनेछ ।
आजको शुभ, लाभ र अमृत बेला:
२०७१ साल माघ १५ गते बिहीबार बिहान ६ः५४ बजेदेखि ८ः२४ बजेसम्म अमृत बेला, बिहानमा ८ः२४ बजेदेखि ९ः५४ सम्म काल बेला, बिहानमा ९ः५४ बजेदेखि ११ः२४ बजेसम्म शुभ बेला, बिहानमा ११ः२४ बजेदेखि १२ः५४ बजेसम्म रोग बेला, बिहान १२ः५४ बजेदेखि दिनमा २ः२४ बजेसम्म उद्वेग बेला, दिनमा २ः२४ बजेदेखि ३ः५४ बजेसम्म चर दिनमा ३ः५४ बजेदेखि ५ः२५ बजेसम्म लाभ साँझ ५ः२४ बजेदेखि ६ः५४ बजेसम्म अमृत बेला रहनेछ । यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला  पार्नुहोला ।
आजको साइत:
आज पूर्व र दक्षिण  बाहेक अन्य कुनैपनि दिशाको यात्रा नगर्दा राम्रो हुने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ ।
राहुकालको समय :
बिहानमा १२ः०० बजेदेखि १ः३० बजेसम्म राहुकाल  रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Share this post :

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खबर चौतारी.com - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger