सामान्यतया एक राँगोको मूल्य कति पर्ला ? २० हजार, ३० हजार वा ५० हजार । तर भारतको सबैभन्दा उत्कृष्ठ राँगोको मुल्य भने ७ करोड भारु अर्थात ११ करोड २० लाख रुपैयाँ भन्दा पनि बढी हो । अखिल भारतीय घरपालुवा जनावर प्रदर्शनीमा यो राँगोलाई निर्णायक मण्डलले यो रांगोलाई भारतको उत्कृष्ठ रांगोकोरुपमा चुनेका थिए । युवराज नामको यो राँगो पालेका मालिकले ७ करोड भारु दिने प्रस्ताव गर्दा पनि राँगो बेच्न मानेनन् । यो रांगोले मालिकलाई वर्षेनी ८० लाख रुपैयाँ आम्दानी गराउँदै आएको छ । युवराज नामक यो राँगो यसको विर्यको गुणस्तरको आधारमा उत्कृष्ठ राँगो छानिएको हो । राँगोका मालिक करमवीरले राँगोलाई छोरो जस्तै गराएर पालेको भन्दै पैसामा नबेच्ने बताए । १४०० किलोको यो राँगोले दैनिक २० लिटर दुध पिउँछ भने १५ किलो उत्कृष्ठ दाना खान्छ ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment