भारतीय एयरलाइन्स स्पाइस जेटको एउटा बोइङ ७३७ विमान उड्न ठिक्क परेको समयमा भैंसीसंग ठोक्किएको छ । भारतको गुजरातस्थित सुरत एयरपोर्टबाट दिल्ली जानका लागि उड्न लागेको विमान अचानक धावनमार्गमा आएको भैंसीसंग ठोक्किएको थियो ।
१ सय ४० यात्रु बोकेको विमान भैंसीसँग ठोक्किए पनि जहाज र त्यसमा सवार सबै यात्रु सकुशल रहेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार स्पाइस जेटका प्रवक्ता सिद्धार्थ कुमारले फ्लाइट एसजी-६२२ का सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रहेको जनाउँदै सुरत एयरपोर्टमा स्पाइस जेटले अनिश्चितकालका लागि उडान नगर्ने निर्णय लिएको बताएका छन् ।
भैंसी ठोक्किएपछि जहाजको इन्जिनमा क्षति पुगेको छ भने भैंसी मरेको जनाइएको छ । घटनाको बारेमा विमानस्थल प्रतिनिधिले केहि बताएका छैनन् ।
Disclaimer: Please note, this is only video embeding web Page. All of these videos found here from 3rd party video hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos. Please contact to appropriate video hosting site for any video removal.Please keep watching Hot Video News..
Post a Comment